मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ : गगन थापा

ratopati.com · Sun Jun 21 12:04:09 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिने बताएका छन् । रास्वपाको चितवनामा सुरु पहिलो अधिवेशनका शुभकामना दिँदै थापाले सरकार र मन्त्रीहरूको कार्यशैलीप्रति सङ्केत गरे । थापाले भने, ‘जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ । उनले मन्त्रीले रुखमा बाँध्छु भन्दा त्यसको विपक्षमा उभिने बताए ।

‘कुनै मन्त्रीले नागरिकलाई रुखमा बाँध्नुपर्छ भन्दा हामी औँला उठाउँछौँ,’ उनले भने । सिमाना मिचिएको सवालमा रास्वपाले लिने अडानलाई कांग्रेसले झनै ठुलो स्वरले स्वागत गर्ने उनको भनाइ थियो।

थापाले विगत १०–१२ वर्षदेखि जसरी पनि सत्तामा पुग्ने ‘हिसाबी राजनीति’ मात्र भएको भन्दै अबको यात्रा जनमुखी र मूल्य मान्यतामा आधारित हुनुपर्ने बताए । थापाले कांग्रेस संविधान र व्यवस्था जोगाउन सधैँ प्रतिबद्ध रहने बताए ।

रास्वपाले स्थापनाको चार वर्षमै प्राप्त गरेको जनमतको मुक्तकण्ठले प्रशंसा गरे । थापाले नयाँ शक्तिले पुराना दलहरूलाई चुनौती दिँदै थप मिहिनेत गर्न बाध्य पारेको बताए ।

थापाले इतिहासको स्मरण गर्दै थापाले यसअघि पनि विभिन्न दलहरूले ३–४ पटक ठुलो जनमत प्राप्त गरे पनि ती दलका नेताहरूमा पलाएको शक्ति र उन्मादका कारण जनमत दुर्घटनामा परेको बताए ।

‘शक्तिको उन्माद र नेताहरूमा पलाउने अहंकारले जनमत दुर्घटनामा पर्छ,’ उनले भने, ‘दुर्घटना हुँदा पहिलो सिकार पार्टी हुन्छ, त्यसपछि राज्य र अन्ततः जनताले विकास पाउनबाट वञ्चित हुन्छन्।’

सभापति थापाले रास्वपाका कार्यकर्ताहरूलाई आफ्ना नेताहरूप्रति अन्धभक्त नहुन विशेष आग्रह गरे । ‘हामीले हाम्रा नेताहरूलाई भगवान् र ‘बा’ बनाएर ठुलो गल्ती गर्‍यौँ, तपाईंहरूले त्यसो नगर्नुहोला,’ उनले भने, ‘आफ्नै नेताहरूलाई पनि प्रश्न गर्ने आँट राख्नुहोला।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)