मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति

barnanmedia.com · Sun Feb 02 22:00:03 GMT 2025

काठमाडौँ, २१ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वहरुमा विविधता रहेको उल्लेख गर्दै गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)