मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेखर र देउवा क्याम्पमा नअटाएका गगन अब कतातिर लाग्ने?

barnanmedia.com · Sun Feb 02 22:21:59 GMT 2025

काठमाडौँ, २१ माघ : नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले न शेखर कोइरालाको गुटमा छन्, न शेरबहादुर देउवाको गुटमा । कुनै पनि गुटले नपत्याउँदा उनी कांग्रेसमा झण्डै कल्याण गुरूङको हालतमा पुगेका छन् । अघिल्लो महाधिवेशन र आम निर्वाचनमा जित्नका लागि गगनलाई नेता स्वीकार गरेर अघि बढ्न तयार रहेको भन्ने विश्वप्रकाश शर्मा गगनलाई छाडेर शेखर कोइरालासँग भाग्ने सबैभन्दा पहिलो नेता बनेका छन् ।

हुन त गगनका प्रचारकहरुले विश्वप्रकाश अझै उनकै गुटमा रहेको भनेर हल्ला पिटाइरहेका छन् । गगनले आफ्नै गुट खडा गरेको र विश्वप्रकाशलाई अनुयायी बनाएको भनेर गरिएको हल्लाले बरु यी दुई युवा नेताबीच भेटै नहुने दिशातिर अग्रसर गराउँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)