मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वसन्तपञ्चमीः मिथिलाको बहुआयामिक पर्व

barnanmedia.com · Sun Feb 02 22:40:48 GMT 2025

काठमाडौँ, २१ माघ : आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्वको रुपमा रहँदै आएको छ ।

मिथिलामा मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा ससाना नानीहरुलाई अक्षरारम्भ गराइने मैथिल परम्परा छ । “यो सरस्वती पूजनोत्सव र विद्यारम्भसँग सम्बद्ध पर्व हो”, मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८७ वर्षीय कृष्णचन्द्र झा भन्नुहुन्छ, “यसै परम्पराअनुसार यो पर्वका दिन ससाना नानीलाई खरीपाटी समाउन लगाउने चलन छ ।” पहिलेको खरीपाटीको ठाउँ भने अब कापी, कलम र पेन्सिलले लिएको उहाँले स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)