विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
barnanmedia.com · Sun Jun 21 12:20:37 GMT 2026

काठमाडौँ, ७ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)