अख्तियारलाई आवश्यक परे ५ घण्टामात्रै होइन, ५ वर्ष नै सोधपुछ गर्छौं -प्रधानमन्त्री बालेन
kendrabindu.com · Sun Jun 21 12:32:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अख्तियार अधिकारीहरूलाई सिंहदरबार बोलाई घण्टौं सोधपुछ गरेकोबारे मुख खोलेका छन् ।
आइतबार रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले भने, ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं ।’
उनले थपे, ‘निउँ खोज्नै पर्ने भयो भने अगाडि बढ्दै गर्दा खोजिन्छ, विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने निउँ खोज्न जरुरी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
बालेन शाह