मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीलाई स्तब्ध पार्दै साउथह्याम्पटन सेमिफाइनलमा

ekantipur.com · Thu Jan 12 01:40:39 GMT 2023

लन्डन — साउथह्याम्पटनले म्यानचेस्टर सिटीलाई २–० ले स्तब्ध पार्दै बुधबार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । उसका लागि सेकोउ मारा र मोउसा डीजेनेपोले गोल गरे । नटिङघम फरेस्ट पनि प्रतियोगिताको सेमिफाइनल पुग्न सफल रह्यो ।

सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले शनिबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध हुने खेललाई ध्यानमा राखेर आफ्ना प्रमुख खेलाडीलाई आराम दिएका थिए । साउथह्याम्पटन त्यसको फाइदा उठाउन सफल रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)