अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
ratopati.com · Sun Jun 21 12:44:29 GMT 2026

सङ्खुवासभा। अत्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ। अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो।
परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)