मुख्यमन्त्री राईसँग दोस्रोपल्ट भेटिन् स्विस राजदूतले
thahakhabar.com
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरले भेटवार्ता गरेकी छन्। भेटमा द्विपक्षीय हितबारे वार्ता भएको बताइएको छ। राजदूत क्याप्लरको मुख्यमन्त्री राईसँग यो दोस्रो भेट हो। यसअघि उनको पुस १ गते मुख्यमन्त्रीसँग भेट भएको थियो ।
आजको भेटमा राजदूत क्याप्लरले पहिलेकै भेटघाटको निरन्तरताको रुपमा स्विस सहायतामा सञ्चालित परियोजनाबारे थप छलफल र समीक्षा गर्न चाहेको उल्लेख गरिन्। यही बीचमा प्रदेश १ सरकारले स्विस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुशी व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)