कोशी अस्पतालले आफूखुसी ९ जना चिकित्सकलाई नियुक्ति गरेपछि स्वास्थ्य मन्त्रालयले माग्याे स्पष्टीकरण
barnanmedia.com · Thu Aug 29 21:49:03 UTC 2024

विराटनगरस्थित कोशी अस्पताल विकास समितिले विना प्रतिस्पर्धा आफूखुसी ९ जना चिकित्सकलाई नियुक्ति गरेको विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको छ ।
गत भदौ ११ गते स्वास्थ्य मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार प्रतिस्पर्धा बिना नै चिकित्सक नियुक्ति गरेको विषयमा याथाशीघ्र जवाफ पठाउन मन्त्रालयले कोशी अस्पताललाई पत्र पठाएको हो ।मन्त्रालयले कोशी अस्पतालको आवश्यक विभागमा जनशक्ति नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र बिना प्रतिस्पर्धा जनशक्ति भर्ना गरिनुको औचित्य के हो ? कुन कानुन बमोजिम भर्ना गरिएको हो खुलाइ जवाफ पठाउनुपर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)