तीन मन्त्रालयमा धरान उपमहानगरपालिकाको डेलिगेसन
ratopati.com
धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाडौँ आइपुगेका राजनीतिक गठबन्धनको समूहले विभिन्न मन्त्रालयमा गएर धरानको विकास निर्माणको बारेमा ध्यानाकर्षण गराएका छन् । बिहीबार कानुन मन्त्रालय, अर्थ मन्त्रालय र जन स्वास्थ्य वातावरण मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।
डेलिगेसनको क्रममा मेयर राईसहितको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका बेथितिको बारेमा समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । खानेपानी, सेउती र सर्दु करिडोर निर्माण, विद्युत् राष्ट्रिय प्रसारण लाइनको धरानमा स्वस्टेसन, बसपार्क, सुरुङ्गमार्ग, कोरोना विरुद्धको खोप, धरानमा भएका पुल, धरान–विष्णुपादुका कालोपत्रे पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न आग्रह गरे । मेयर राईले जोगबनी–किमाथाङ्का सडकको धरान बजार खण्डको मापदण्ड परिमार्जन गरि ८० फिट कायम गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)