फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
ratopati.com · Sun Jun 21 13:01:25 GMT 2026

काठमाडाैँ। युरोपका केही भागमा बढिरहेको गर्मीको सामना गर्न फ्रान्सले आइतबार आपतकालीन सेवा र सेनालाई जङ्गली आगो (डढेलो) को खतरासम्बन्धी चेतावनी जारी गरेको छ। सार्वजनिक स्थलहरूमा रक्सी पिउन प्रतिबन्ध लगाएको छ र केही खुला आकाशमा खेलिने खेलकुद कार्यक्रमहरू रद्द गरेको छ।
आइतबार फ्रान्सको करिब एक तिहाई भागमा राष्ट्रिय मौसम सेवाको ‘तापक्रम वृद्धिसम्बन्धी खतरा’ को चेतावनी जारी गरिएको छ । पूरै देशमा अत्यधिक गर्मी छ । केही क्षेत्रमा आइतबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । सोमबार अझ बढी गर्मी हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम