मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

kendrabindu.com · Sun Jun 21 13:12:52 GMT 2026

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा बागमती नदीको बाढीको बीचमा फसेका १४ जना स्थानीय नागरिकको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

आइतबार अपराह्न नदीमा अचानक पानीको बहाव र सतह बढेपछि उनीहरू नदीको बीच भागमा रहेको टापुमा थुनिएका थिए । उद्धार गरिएकाहरूमा ११ जना महिला र ३ जना बालिका रहेका छन् । प्रहरीका अनुसार दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाट नजिकैको नदी उता पट्टीको बगरमा उनीहरू मुंगको दाल (कोसा) टिप्न गएका थिए। दिउँसो मुंग टिपेर घर फर्कने क्रममा अचानक बागमती नदीमा पानीको सतह बढेर आयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)