मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलिङ पिरियडमा ठूलाबडालाई जोगाएर सानो माछा डाम्ने तयारी

barnanmedia.com · Sun Aug 03 21:36:58 GMT 2025

संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति, मुख्यसचिव र संसदका महासचिवहरूलाई जोगाएर तल्लो तहका कर्मचारीलाई डाम्ने खेल भइरहेको छ।

कांग्रेस सांसद जीवन परियार नेतृत्वको छानबिन समितिले दोषीलाई उम्काउने गरी प्रतिवेदन तयार गर्ने गरी काम थालेको हो। तर, समितिमै चर्काे विरोध भइरहेकाले अन्तिम समयमा गल्ने सम्भावना पनि छ। राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, मुख्यमसचिव एकनारायण अर्याल, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र संसद सचिवालयका सचिव सुरजकुमार दुरासहितले नियमित चलखेल गरेको आरोप लागेपछि समिति गठन गरिएको थियो। समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)