बदलिँदो जनसांख्यिक संरचना समाजवाद निर्माणको मुख्य आधार बन्न सक्छ : विज्ञ
ratopati.com · Sun Sep 13 12:35:38 GMT 2026

काठमाडौँ। नेपालमा तीव्र गतिमा बदलिँदै गएको जनसांख्यिक संरचना समाजवाद निर्माणको महत्त्वपूर्ण आधार बन्न सक्ने विज्ञहरूले बताएका छन्। घट्दो जन्मदर, बढ्दो ज्येष्ठ नागरिक जनसंख्या, युवा जनसंख्याको बाहुल्यता तथा आश्रित जनसंख्यामा आएको परिवर्तनलाई राज्यले अधिकतम उपयोग गर्न सके समाजवादतर्फको यात्रा सहज हुने उनीहरूको भनाइ छ।
तर बढ्दो आन्तरिक तथा बाह्य बसाइँसराइका कारण युवा जनशक्ति पलायन हुँदा देशमा श्रम शक्तिको अभाव हुन थालेको र त्यसले उत्पादनशील क्षेत्रले अपेक्षाअनुसार आर्थिक योगदान गर्न चुनौती थपेको विज्ञहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)