रास्वपा महाधिवेशनमा गएका गगन, नगएका हर्क
onlinekhabar.com · Sun Jun 21 13:22:01 GMT 2026

७ असार, काठमाडौं । संसद्को सबैभन्दा ठूलो पार्टी रास्वपाको पहिलो महाधिवेशनमा हर्क साम्पाङ गएनन् । दोस्रो ठूलो पार्टी कांग्रेसका सभापति गगन थापा चितवन गएर आधारभूत राजनीतिक संस्कारलाई निरन्तरता दिएको प्रसंग भन्दा संसदको पाँचौँ दल श्रम संस्कृति पार्टीका तर्फबाट रास्वपालाई शुभकामना दिन नगएका हर्क साम्पाङको प्रसंग महाधिवेशनका क्रममा उठेको छ ।
हर्क साम्पाङ र रास्वपा नेताहरुबीच सुमधुर सम्बन्ध छैन । बालेनले हर्कलाई संसद्मा, फेसबुकमा स्नेह दर्शाएको देखिए पनि व्यवहारमा हर्क विरक्तिएकै छन् । रास्वपा महाधिवेशनको उद्घाटनका बेला उनले फेसबुकमा गरेका परोक्ष टिप्पणी हेर्दा त्यो अझै स्पष्ट हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)