आइएमईको सांगीतिक एम्बासडरमा प्रकाश सपूत नियुक्त
baahrakhari.com · Sun Jun 21 13:29:12 GMT 2026

काठमाडौं । आइएमई लिमिटेडको सांगीतिक दूतमा गायक प्रकाश सपूत नियुक्त भएका छन् । आइएमई लिमिटेडले आइतबार एक कार्यक्रमबीच सपूतलाई आफ्नो सांगीतिक एम्बासडरका रूपमा सार्वजनिक गरेको हो ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सूतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ । आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपूत नेपाली समाजमा निकै लोकप्रिय छन् । गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका गीत उत्तिकै रुचाइएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)