मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

neplays.com · Sun Jun 21 13:42:00 GMT 2026

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तिन दिन सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा ललितपुर जिल्ला टिम च्याम्पियन बन्न सफल भएका छन्।

क्लासिकल, र्‍यापिड तथा ब्लिट्ज् बुद्धिचाल खेल पुरुष तथा महिला तिन विधामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदक मध्ये ललितपुर जिल्लाले २ स्वर्ण २ रजत पदक जित्दै टिम च्याम्पियन बनेका छन्। ललितपुर जिल्लाले पुरुष क्लासिकल र रापिड विधामा १-१ स्वर्ण, ब्लिट्ज् १ रजत र महिला र्‍यापिड १ रजत प्राप्त गरि २ स्वर्ण २ रजत पदक सहित टिम च्याम्पियन बनेका छन्। यस्तै चितवन जिल्ला टिम उपविजेता बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय