मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मालती मंगलेको सिड्नीमा रेड कार्पेट प्रिमियर हुने

baahrakhari.com · Sun Jun 21 13:43:36 GMT 2026

सिड्नी । रानी फिल्मसको ब्यानरमा चर्चित गायक रामकृष्ण ढकालद्वारा निर्मित चलचित्र मालती मंगलेको अस्ट्रेलिया प्रदर्शन अघि उनको कार्यक्रमसहित सीड्नीमा रेड कार्पेट प्रिमियर हुने भएको छ ।

माउन्ट पुमोरी इभेन्ट्सको आयोजनामा नेपालीहरूको बाक्लो बस्ती रहेको अर्वन क्षेत्रमा रहेको ग्रान्ड प्यालेस इभेन्ट हलमा जुलाइ ४ मा गायक रामकृष्णको प्रस्तुतिसहित रेड कार्पेट प्रिमियर शो हुन लागेको हो ।

नेपालमा प्रदर्शन भैसकेको यो चलचित्र अहिले अमेरिकामा प्रर्दशनमा रहेको छ । अमेरिकापछि अस्ट्रेलियाका विभिन्न सहरमा यसको प्रर्दशन गरिने आयोजकले जनाएको छ । रेड कार्पेट शो अगाडि गायक ढकालको प्रत्यक्ष प्रस्तुति हुने र चलचित्रका बारेमा प्रत्यक्ष संवाद गरिने आयोजक टिममै रहेका चलचित्र निर्देशक शोभित बस्नेतले जानकारी गराए ।

नेपालीस्तरीय चलचित्रलाई अस्ट्रेलियामा प्रर्दशन गरेर यसको विकास र विस्तारमा टेवा दिनुका साथै नेपाली मनहरूलाई जोड्ने प्रयासमा आफ्नो सहभागिता जारी रहेको निर्देशक बस्नेतले सुनाए । माउन्ट पुमोरी इभेन्टसका निर्देशक मनिषा लामाले गायक ढकालको चलचित्र मालती मंगलेलाई सिड्नीमा देखाउन पाउनु आफ्नो लागि निकै महत्त्वको विषय रहेको बताइन् ।

#मालती मंगले

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)