मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फुस्रेखोलामा डुबेर किशोरको मृत्यु

gorkhapatraonline.com · Thu May 28 18:19:36 GMT 2026

कास्कीको पोखरा महानगरपालिका वडा १७, छोरेपाटन स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । पोखरा–१७, ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपालीको बिहीबार खोलामा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बिहीबार दिउँसो खोलामा एक किशोर बेपत्ता भएको सूचना प्राप्त भएपछि उद्धार गरिए पनि किशोरको उपचारका क्रममा निधन भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)