मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भेरी बबईमा इरानी कम्पनीसँगको सम्झौता रद्द

ekantipur.com · Fri Mar 10 01:14:16 GMT 2023

सुर्खेत — निर्माणाधीन भेरी–बबई बहुउद्देश्यीय आयोजनाले परामर्शदाता इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँगको सम्झौता रद्द गरेको छ । अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीईले एक वर्षअघिदेखि नै काम छाडेको थियो ।

कम्पनीलाई अमेरिकी कोष विभागअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले प्रतिबन्ध सूचीमा राखेको छ । परामर्शदाताका रूपमा काम गरिरहेको कम्पनीले सम्झौताका सर्त पालना नगर्दा आयोजनाको काम प्रभावित हुन पुगेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) लेखनाथ सुवेदीले बताए । ‘कम्पनीले काम नगर्दा आयोजना नै प्रभावित हुने अवस्था सिर्जना भयो,’ उनले भने, ‘अब फास्ट ट्र्याकबाट नयाँ परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)