उत्तरी गोरखामा ६ महिनापछि चामल ढुवानी
ekantipur.com · Wed Jan 19 01:18:05 GMT 2022
गोरखा — झन्डै ६ महिनापछि उत्तरी गोरखामा सहुलियत दरको चामल ढुवानी सुरु भएको छ । चालु आर्थिक वर्षको सुरुमै पुग्नुपर्ने चामल ठेक्का प्रक्रियामा भएको उल्झनले ढिलाइ भएको हो । तेस्रो पटक आह्वान गरिएको ठेक्का स्वीकृत भएसँगै चामल ढुवानी थालिएको हो ।
उत्तरी गोरखामा चामल ढुवानीका लागि सुशान्ति निर्माण सेवाले जिम्मा पाएको छ । तेस्रो पटकको ठेक्का सम्झौताअनुसार सिर्दिबासका लागि प्रतिक्विन्टल २ हजार ३९ रुपैयाँमा चामल पुग्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका प्रमुख नवीन बस्नेतले बताए । ‘सिर्दिबासका लागि ठेक्का सम्झौता गरेर चामल ढुवानी पनि सुरु गरिसक्यौँ, माछाखोला डिपोका लागि भने ठेक्का सम्झौताको प्रक्रियामा छ,’ उनले भने । चुमनुब्री गाउँपालिकाका लागि सिर्दिबासस्थित फिलिम र धार्चे गाउँपालिकाको माछाखोलामा छुट्टाछुट्टै डिपो छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)