अस्पताल भवन बनाउने भनेर चर्च बनाएको पाइएपछि धनगढी उपमहानगरले उक्त भवन भत्कायाे
barnanmedia.com · Tue Jul 30 22:15:28 UTC 2024

अस्पताल भवन बनाउने भनेर चर्च बनाएको पाइएपछि धनगढी उपमहानगरपालिकाले एउटा भवन भत्काएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका ७, मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने गरी अवैध रुपमा बनाइएका संरचनामा उपमहानगरले डोजर लगाएको हो।अस्पताल खोल्ने भनेर बनाएको भवनमा चर्चसहित लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनले सो भवनबाट क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि भत्काइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।साथै, धर्म प्रचारक संस्था लेट मे इन र नेपाल लाइफ वर्ल्ड मिसनको दर्तासमेत खारेज गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)