गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी
deshsanchar.com · Mon Feb 03 17:15:08 GMT 2025

महोत्तरी – जिल्लाको बर्दिबासमा लोपोन्मुख पक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ। बर्दिबास–३ को वनक्षेत्रमा पर्ने थुम्कोमा समूहमा बस्दै आएका गिद्ध भेटिएपछि नगरपालिकाले संरक्षणका लागि संस्थागत पहलकदमी थालेको हो।
नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई गिद्ध संरक्षणको जिम्मेवारी दिएको छ। पछिल्लो पटक समितिले लोपोन्मुख पक्षी गिद्ध र दुर्लभ चराचुरुङ्गी तथा वातावरण संरक्षण उपसमिति बनाएर संरक्षणको काम अघि बढाएको नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)