सिटी स्क्यान मेसिन खरिद नगरिने
gorkhapatraonline.com · Sat Jul 16 00:20:52 GMT 2022
मकवानपुर समाचारदाता
हेटौँडा, असार ३२ गते । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले सिटी स्क्यान मेसिन खरिद नगर्ने निर्णय गरेको छ । सिटी स्क्यान मेसिन खरिदसम्बन्धी विवाद सार्वजनिक भएपछि तत्कालका लागि खरिद नगर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि सिटी स्क्यान मेसिन नगर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)