बाढीपहिराका कारण सुन्तलाको उत्पादनमा कमी
deshsanchar.com · Mon Feb 03 17:45:27 GMT 2025

काभ्रेपलाञ्चोक – असोजको बाढीपहिराेका कारण यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तलाको उत्पादन कमी भएको छ। अघिल्ला वर्षमा दुई प्रतिशतले कमी हुँदै आएको सुन्तला उत्पादन यस वर्ष बाढीपहिराका कारण बगैँचामा क्षति पुग्दा छ दशमलव ७० प्रतिशतले गिरावट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार जिल्लामा यस वर्ष सात हजार पाँच सय मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि करिब पाँच सय मेट्रिकटन कमी भएको छ। जिल्लाको कूल क्षेत्रफलमध्ये करिब एक हजार तीन सय हेक्टर अर्थात् ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)