किन सेलायो यो वर्ष तीजको गीत–सङ्गीत ?
ratopati.com · Sun Sep 13 13:30:00 GMT 2026

काठमाडौँ । विगतका वर्ष हरितालिका तीज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा तीज गीतको बाढी नै आउँथ्यो । साउन नलाग्दै नयाँ–नयाँ तीजका गीत सार्वजनिक हुन्थे । जताततै तीजकै भाका गुन्जिन्थे । छमछमी नाच्नेदेखि ठट्याली र मार्मिक गीतहरूले गाउँघरदेखि पार्टी प्यालेस र डिजिटल प्लेटफर्महरूलाई तताउँथे ।
यो वर्षको तीजको माहोल भने अघिल्ला वर्षभन्दा भिन्न छ । न त साङ्गीतिक बजारमा पुराना वर्षजस्तो गीतहरू भित्रिएका छन्, न त भित्रिएका गीत–सङ्गीतले प्राथमिकता पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)