जनैपूर्णिमाको धार्मिक आस्था
rajdhanidaily.com · Thu Aug 11 23:35:13 GMT 2022
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरूको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आआप्mनै महत्व र सन्दर्भ हुन्छ । जस्तैः कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । मूलतः ब्राह्मण र क्षत्रीय पुरूषहरूले हिन्दु परम्परानुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ । बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरुपुरोहितद्वारा अरूले नसुत्रेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । जनै फेर्ने दिन भएकाले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ ।
तर, मलमास परेको वर्षमा मात्र भदौ शुक्ल पूर्णिमाको दिन पर्न आउँछ । यसै दिन जनै लाउनेहरूले जनै फेर्ने दिन भएकाले यस पूर्णिमाको नाम जनैपूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको विधिबमोजिम ब्राह्मणहरूद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रक्षाबन्धन बाँध्न लगाउने चलन छ । हातमा बाँधिने रक्षाबन्धनबाट रोगव्याधी, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ । कुनै पनि देशले आप्mना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिहरूलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नुपर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिबिम्ब हो । यसरी, पूर्वजहरूले सामाजिक धरोहरका रूपमा छाडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केवल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ । परन्तु, त्यसो होइन । तागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)