अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार
nagariknews.nagariknetwork.com · Sun Jun 21 14:19:23 GMT 2026

अत्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका-७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
आइतबार बिहान जिल्ला अस्पतालमा शल्यक्रिया गरिएकी सुत्केरी परियारलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. सन्तोश देवले जानकारी दिए।
शल्यक्रिया प्रश्चात अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह सिफारिस गरे पनि खराब मौसमका कारण विराटनगर लगिएको प्रहरीले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)