मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु

barnanmedia.com · Sat Apr 05 22:53:31 GMT 2025

नवलपरासी ब सू पमा आगलागीका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन् । शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो । तामाङटोलस्थित नवीन पुनको दुईतले टिनको घरमा लागेको आगलागीबाट दुईवटा भैँसी र तीनवटा बाख्रा मरे । आगलागीबाट भएको क्षतिको थप विवतरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

सोही दिन दिउँसो करिब तीन बजे जिल्लाकै हुप्सेकोट–४ शङ्खदेव गाउँका रनबहादुर राईको परालको टौवामा आगलागी भयो । बच्चाले सलाई खेलाउँदा भएको आगलागीबाट परालको टौवामा क्षति पुग्यो भन्ने तत्काल आगो नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन । यस्तै, बिहीबार दिउँसो तीन बजेतिर गैँडाकोट–१ को इँट्टाभट्टाचोकमा श्रीप्रसाद न्यौपानेको परालको टौवामा आगो सल्कियो । आगलागीबाट १२ कठ्ठाको परालमा क्षति पुग्यो भने गोठ जलेर खरानी भयो । पशुचौपाया एवम् मानवीय क्षति भने हुन पाएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)