पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
nagariknews.nagariknetwork.com · Sun Jun 21 14:22:17 GMT 2026

तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ। रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो।
मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानीको सहत घट्दै गएपछि समस्या भएको हो। नदीमा पानीको सतह पम्पले पानी तान्न मिल्ने न्यूनतम स्तरभन्दा तल झरेपछि नियमित सिँचाइ सेवा पुर्याउन कठिनाइ भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)