इण्डो नेपाल आइटिएफ तेक्वाण्डोको उद्घाटन
farakdhar.com · Sun Jun 26 17:12:56 GMT 2022
नेपाल खेलकुद महासंघ र आइटिएफ नेपालको आयोजनामा आइतबार गोंगबुको बिजी मलमा इण्डो नेपाल आइटिएफ तेक्वाण्डोको उद्घाटन भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुुभक्त ढकालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा आइटिएफ इण्डियाका अध्यक्ष राकेश बर्माको उपस्थिति थियो । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, महासंघका विभिन्न पदाधिकारीहरु, आइटिएफका केन्द्रीय पदाधिकारीलगायत अर्जेन्टिनाका आइटिएफका अध्यक्ष र विभिन्न विदेशी प्रतिनिधिको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)