होमस्टे प्रवर्द्धनमा इच्छाकामना
barnanmedia.com · Mon Feb 03 21:58:24 GMT 2025

जिल्लाको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि घरबास (होमस्टे) सञ्चालनमा जोड दिएको छ । स्थानीय समुदायको आयआर्जन वृद्धि गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले पालिकाले घरबास प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको हो ।
इच्छाकामनाका पर्यटकीयस्थल र आसपासका गाउँमा घरबास सञ्चालनमा जोड दिइएको पालिका कार्यालयले जनाएको छ । ती घरबास सञ्चालनका लागि पालिकाले आर्थिक, प्राविधिकलगायत सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)