मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नजिक जनवरीमा नर्वेमा दर्ता विद्युतीय कारको बिक्री ९६ प्रतिशत

barnanmedia.com · Mon Feb 03 22:15:27 GMT 2025

शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो वर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ। नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ।

रिचार्जेबल हाइब्रिड मोडलसहित विद्युतीय कारको हिस्सा ९६.८ प्रतिशतले बढेको छ। “नर्वेले जनवरीमा कूल नौ हजार ३४३ नयाँ कारहरू बिक्री गरेकोमा आठ हजार ९५४ वटा विद्युतीय सवारी साधन थिए,” ओएफभीले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)