अवकाशमा जाने समय आयो, आएन मुद्दा सुनुवाइको पालो
rajdhanidaily.com · Mon Feb 03 23:08:00 GMT 2025

काठमाडौं । ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो’ विधिशास्त्रको सर्वमान्य यो सिद्धान्त प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको हकमा लागू हुने भएको छ । शाक्यले आफूलाई कार्यकारी निर्देशकबाट हटाएर कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि पुनर्बहालीको माग गर्दै दायर गरेको रिट अवकाशको मिति नजिकिँदा पनि सुनुवाइ हुन सकेन ।
२४ साउन २०७८ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गरिएपछि शाक्यले आफू अन्यायमा परेको भन्दै १ भदौ २०७८ मा सरकारविरुद्ध रिट दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)