नेपालका ११ शहरमा २२ योग कार्यक्रम, १३ हजारभन्दा बढी सहभागी
nepalviews.com · Sun Jun 21 14:46:02 GMT 2026

काठमाडौं । १२औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासले नेपालका ११ शहर तथा नगरपालिकामा २२ वटा योग कार्यक्रम आयोजना गरेका छन् । ती कार्यक्रममा १३ हजारभन्दा बढी योगप्रेमी सहभागी भएको भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा "Yoga for Healthy Ageing" (स्वस्थ बुढ्यौलीका लागि योग) रहेको थियो । सोही नाराअनुसार विभिन्न स्थानमा योग प्रदर्शन, ध्यान, आयुर्वेदसम्बन्धी कार्यक्रम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)