मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्विट्जरल्याण्डमा अमेरिका–इरान वार्ता सुरु

barnanmedia.com · Sun Jun 21 14:46:03 GMT 2026

अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ ।

कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ,‘लेक लुसर्न समिट’को सुरुवात र उच्च–स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा सुरु भएको छ।

कतारले अगाडि भनेको छ, ‘कतारले यी बैठकहरूले अमेरिका र इरानबीच भएको ‘समझदारी पत्र’ मा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्नेछन्।’

उक्त सहमतिको घोषणा गत हप्ताको बिहीबार अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो । वार्तामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्ट पुगेका छन् ।

यस्तै वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)