मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्सेनि खस्किँदै छ स्थानीय तहको सुशासन

rajdhanidaily.com · Sun Aug 03 23:14:24 GMT 2025

काठमाडौं । स्थानीय तहमा सुशासनको अवस्था हरेक वर्ष खस्कँदो देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०८१–०८२ मा स्थानीय तहविरुद्ध उजुरीको क्रम बढेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध मात्र दैनिक औसत ७८ वटा उजुरी पर्ने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आव २०८१–०८२ मा २८ हजार ५ सय ९७ नयाँ उजुरी परेका छन् । अघिल्लो आव २०८०–०८१ मा २६ हजार ९ सय १८ नयाँ उजुरी दर्ता भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)