राजस्व छली अभियोगमा ५ जनाविरुद्ध मुद्दा दायर, जेल सजाय र ८ करोड बिगो माग
ekantipur.com · Sun Jul 28 16:55:01 UTC 2024

काठमाडौँ — राजस्व अनुसन्धान विभागले सुनको अवैध कारोबार गरेको अभियोगमा बिगो रकम र त्यसबापतको जरिवानासमेत ८ करोड १५ लाख १६ हजार असुल्नुपर्ने र तीन वर्षसम्म जेल सजाय तोकिनु पर्ने मागदाबीसहित ५ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।
विभागले एक भारतीय नागरिकसहित उनीहरुविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर गरेको हो । विभागका सूचना अधिकारी तथा निर्देशक नवराज अधिकारीका अनुसार पोखरा बस्दै आएका भारत पश्चिम बंगाल मोदिनीपुर ग्रामका जय भैरव ज्वेलर्सका सरजित भौमिक, चितवन घर भई पोखरा महानगरपालिकामा व्यवसाय गर्दै आएका एस सगरमाथा ज्वेलर्सका सुरेन्द्र विश्वकर्मा रामदास, पोखरा–२७ का देवीरम्भा सुनचाँदी दोकानका प्रोप्राइटर जनकलाल लोहनी, पोखरा–९ मा बाराही ज्वेलर्सका प्रोपाइटर अर्जुन सुनार, पोखराकै लेखनाथ ज्वेलर्सका प्रोप्राइटर अर्जुनबहादुर कामीविरुद्ध राजस्व छलीको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)