सीमा विवाद हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौंः प्रधानमन्त्री
nepalnews.com · Sun Jun 21 14:58:10 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले भारतसँगकोमा सीमा विवाद ब्रिटिसलाई मध्यस्त बनाउन नखोजेको बताएका छन्। आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भनेर आफूले भनेको बताएका हुन्।
संसदमा सम्बोधनका क्रममा प्रधानन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको बताएका थिए । त्यसपछि प्रधानमन्त्री विवादमा तानिएका थिए।
प्रधानमन्त्रीले भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं । हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ ।’
प्रधानमन्त्रीले राष्ट्रियताप्रति आफूलाई आशंका नगर्न आग्रह गरे।