शान्ति सम्झौता वार्ताका बीच ट्रम्पले दिए इरानलाई चेतावनी
himalpress.com · Sun Jun 21 15:02:26 GMT 2026

काठमाडौँ- स्विट्जरल्यान्डको बर्गनस्टकमा अमेरिका र इरानबीच वार्ता चलिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएका छन्।
पाकिस्तान र कतारको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता भइरहेको हो।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्,‘इरानले लेबनानमा आफ्ना धेरै पैसा भएका नक्कली मानिसहरुलाई समस्या खडा गर्नबाट तुरुन्तै रोक्नुपर्छ।’
उनीहरुलाई नरोकिए अमेरिकाले इरानमाथि कडा आक्रमण गर्ने उनले चेतावनी दिएका छन्। अमेरिका र इरानबीच वार्ता चलिरहेको बेला ट्रम्पको यस्तो चेतावनी आएको बीबीसीले जनाएको हो।
अर्कोतर्फ वार्ता सुरू हुनुअघि स्विट्जरल्यान्डमा रहेको अमेरिकी उपराष्ट्र जेडी भेन्सले अमेरिका इरानसँगको आफ्नो सम्बन्धमा ठूलो परिवर्तनका लागि तयार रहेको बताएका थिए।
राष्ट्रपति ट्रम्पले आफूहरुलाई नयाँ अध्याय सुरु गर्न, इरानको जनतासँगको सम्बन्धलाई बदल्न र मित्रताको हात बढाउने जिम्मेवारी दिएको उनको भनाइ थियो। उपराष्ट्रपति भेन्सले राष्ट्रपति ट्रम्प यस क्षेत्रमा युद्धविराम चाहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)