सभामुखसँग मन्त्री साटेर राजनीतिक बेइमानी !
newsofnepal.com · Thu Aug 03 00:51:01 GMT 2023
विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ । नेपालको संसदीय इतिहास र प्रदेश सरकारको इतिहासमा सभामुख त्यागेर मन्त्री पद रोजेको यो पहिलो घटना हो । संसदीय अभ्यासमा यो घटनालाई गम्भीर रूपमा लिइएको छ ।
नेपालको नयाँ मर्यादाक्रमअनुसार आठौैं स्थानमा प्रदेशसभाका सभामुख रहेका छन् । जसको मर्यादाक्रम संघीय सरकारमा राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक, विभिन्न संसदीय समितिका सभापति, संवैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता लगायतसँग बराबरी रहेको छ । यता, प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम भने एक स्थान तल नवांै स्थानमा रहेको छ । तर, सत्ता स्वार्थका लागि सभामुख त्याग गरेका गौतमले पदीय मर्यादाक्रमलाई समेत ख्याल नगरी एक स्थान तलको मन्त्री पद स्वीकार्नुभएको छ । गौतममाथि यसअघि सर्वाेच्चको फैसलापछि नै नैतिकताका आधारमा सभामुखबाट राजीनामा दिनुपर्ने दबाब थियो । तर, अदालतले आफूलाई सच्याएको भन्दै पदमा नै बसिरहनुभएका गौतमले सरकार बनाउनका लागि भने मन्त्रीसँग सभामुख पद साटफेर गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)