स्याङ्जामा विद्यालय जोगाउनै मुस्किल
rajdhanidaily.com · Sun Aug 03 23:26:05 GMT 2025

स्याङ्जा । मुलुकमा प्रजातन्त्र पुनस्थापना पछि धमाधम खुलेका सामुदायिक विद्यालय संघिय गणतन्त्र आएपछि समायोजन गर्ने क्रम बढेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शुन्य हुन थालेपछि समायोजन गर्ने क्रम बढेको हो । विद्यालय समायोजन मात्रै नभएर कक्षा पनि समायोजनको चपेटामा परेका छन् ।
मुलुक संघियतामा गएपछि शिक्षालाई स्थानीय सरकारको मातहतमा रहनेगरी कानुनी व्यवस्था गरियो । स्थानीय सरकारको नेतृत्वले सामुदायिक विद्यालय संचालनमा राम्रो मापदण्ड बनाउन नसक्दा र स्थानीय अभिभावकहरुको चासो नहुँदा स्याङ्जामा सामुदायिक विद्यालयहरु बिलय हुने क्रममा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)