बन्द हुँदै साना उद्योगहरू, बढ्दै विदेश पलायन
rajdhanidaily.com · Sun Aug 03 23:28:56 GMT 2025
कपिलवस्तु । गत आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तु जिल्लामा कुल ४०२ साना उद्योग र व्यवसायिक फर्महरू बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अनुसार २६५ वटा साना उद्योग र १३७ व्यवसायिक फर्म चल्न नसकी बन्द भएका हुन्। कार्यालयका प्रमुख सन्तोष खनालका अनुसार, घाटा बढ्नु, समयमै नवीकरण नहुनु र कोभिडपछिको आर्थिक असहजताले गर्दा व्यवसायहरू टिक्न नसकेको हो।
उनका अनुसार, “लगातार घाटामा गएका उद्योगहरूले आफ्ना ढोका बन्द गर्न बाध्य भएका छन्।” यद्यपि यही अवधिमा नयाँ आशा पनि देखिएको छ। जिल्लामा ३३३ नयाँ साना उद्योग र ३७४ व्यवसायिक फर्म दर्ता भएका छन्। यसरी हेर्दा नयाँ दर्ता भएका उद्योग–फर्महरूको संख्या बन्द भएकाभन्दा ३०५ ले बढी रहेको छ। तर व्यवसायीहरू यो आँकडाले वास्तविक पीडा ढाक्न नसक्ने बताउँछन्। उद्योगी तथा व्यवसायीहरूका अनुसार, वर्तमान परिस्थिति निकै कठिन छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)