मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा रेनुको मत ५० हजार नाघ्याे

ekantipur.com · Tue May 24 00:00:50 GMT 2022

चितवन — भरतपुर महानगरपालिकामा मेयर, उपमेयर पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलाे मतान्तरले अग्रता लिइरहेका छन् । भरतपुरमा अब ३ हजार जति मत गन्न बाँकी छ । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५० हजार मत कटाएका छन् । मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीले याे पटक ल्याएकाे मत अघिल्लाे पटक २०७४ सालकाे स्थानीय तह निर्वनचनमा एमालेका उम्मेदवारले ल्याएकाे भन्दा कम मत आउने देखिएकाे छ ।

भरतपुरमा साेमबार रातिसम्म कुल १ लाख २४ हजार ४४ मत गणना हुँदा रेनु दाहालकाे ५० हजार ३ सय १० र एमालेका विजय सुवेदीकाे ३८ हजार २ सय ९६ मत आएकाे छ । रेनुले गन्न बाँकी रहेकाे भन्दा पनि तेब्बर १२ हजार १४ मतले अगाडि छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)