गाजा आक्रमणविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन
ratopati.com · Sun Jul 28 17:15:00 UTC 2024

काठमाडौँ । प्यालेस्टाइनमा निरन्तर भइरहेको इजरायली आक्रमणको विरुद्धमा काठमाडौँमा विरोध सभा सम्पन्न भएको छ । प्यालेस्टाइनी मुक्तिकामी जनताको पक्षमा ऐक्यबद्धता जनाउनका लागि राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आइतबार माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको हो।
विरोध सभामा सहभागी वक्ताहरूले इजरायली आक्रमण, अमेरिका लगायत साम्राज्यवादी मुलुकहरूको उक्साहट र अस्पताल तथा विद्यालयहरूमा भइरहेको हमलाको कडा शब्दमा आलोचना गरे । कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कमरेड परि थापाले दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका औपनिवेशिक मुलुकहरू मुक्त हुँदै गए पनि प्यालेस्टाइन चाहिँ साम्राज्यवादीहरूकै योजनामा खोसिएको सन्दर्भ उल्लेख गर्दै प्यालेस्टाइनी जनताले दुःखको ७५ वर्ष पार गरेको स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)