मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपालाई गगनले भने– नेतालाई ‘भगवान’ र ‘बा’ बनाएर गल्ती गर्‍यौं, तपाईंहरूले नगर्नुहोला

onlinekhabar.com · Sun Jun 21 15:19:03 GMT 2026

६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलका नेताहरूलाई ‘भगवान’ र ‘बा’ बनाएर पछ्याउने राजनीतिक संस्कारले गलत परिणाम गलत परिणाम भोग्नुपरेको स्वीकारेका छन् ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईंले नगर्नुहोला । गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला । हामीले ढिलो गर्यौैैं, त्यसैले सजाय पनि पायौं,’ उनले भने ।

दलभित्रका नेताहरूमाथि प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाइ गरेकै कारण मुलुकको राजनीति जटिल बनेको उनले बताए ।

कांग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाइरहेको बताए ।

‘हामीले हाम्रो पार्टी लास र दासहरूको पार्टी होइन भन्ने कुरा केही अगाडि भन्न सक्नुपर्थ्यो सकेनौं । ढिलो गर्यौं । त्यसबाट पनि सिक्नुहोला म प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय