नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
ratopati.com · Sun Jun 21 15:31:06 GMT 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् र नागरिकताको निरन्तरता कार्यदलको संयुक्त आयोजनामा ‘एनआरएन नागरिकताः हालको अवस्था’ विषयक एक बृहत् वेबिनार सम्पन्न भएको छ ।
आइतबार कार्यक्रममा वक्ताहरूले नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि व्यावहारिक रूपमा यसको कार्यान्वयन जटिल र सुस्त रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमको अध्यक्षता गर्दै एनआरएनए आइसीसीकी उपाध्यक्ष तथा कार्यदलकी संयोजक रोजिना राई प्रधानले एनआरएन नागरिकता केवल कानुनी दस्तावेज मात्र नभई विश्वभर छरिएका नेपालीहरूको आफ्नो मातृभूमिसँगको भावनात्मक र सांस्कृतिक सम्बन्धको कडी भएको बताइन् । उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल मन्त्रलाई चरितार्थ गर्न संघले दुई दशकदेखि निरन्तर पहल गरिरहेको स्मरण गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)