मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रसहित ४ दलको समाजवादी मोर्चा घोषणा हुँदै

nepallive.com · Mon Jun 19 00:48:00 GMT 2023

काठमाडौं – माओवादी केन्द्रसहित ४ दलले आज (सोमबार) समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्। आइतबार ४ दलका नेताहरुबीच जुटेको सहमतिअनुसार मोर्चा घोषणा हुन लागेको हो।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मेलिन मोर्चा घोषणा हुन लागेको हो। सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा एक कार्यक्रममार्फत् मोर्चा घोषणा गरिने नेताहरुले जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)