गिग अर्थतन्त्र र राइड–हेलिङकाे चर्चा : रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
baahrakhari.com · Sun Jun 21 15:52:04 GMT 2026

काठमाडौं । नेपाल इकोनोमिक फोरम (एनइएफ)ले आइतबार ‘गिग अर्थतन्त्र र राइड–हेलिङ : रोजगारी सिर्जनातर्फ’ विषयमा एनईएफ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरेका थिए ।
छलफलमा राइड–हेलिङ सेवाले सहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याइरहेको विषयमा जोड दिइएको थियो । सहभागीले गिग अर्थतन्त्र नेपालका युवाहरूका लागि आम्दानीको अवसर सिर्जना गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताएका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए ।
#गिग अर्थतन्त्र
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)